१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंकामा


12.922k
Shares

काठमाडौं । एसिया कप क्रिकेट २०२३ अन्र्तगत समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्न नेपाली राष्ट्रिय टोली श्रीलंका पुगेको छ ।

एसिया कपमा हिजो बुधबार पाकिस्तानविरुद्ध खेलेको नेपाली टोली चार्टर फ्लाइटमार्फत आज बिहान श्रीलंका गएको हो । बुधबार समूह ‘ए’ को आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग २३८ रनको बिशाल अन्तरले पराजित भएको थियो । अब नेपालले समूहको दोस्रो खेल भारतसँग भदौ १८ गते सोमबार खेल्नेछ ।

खेल श्रीलंकाको क्यान्डीमा हुनेछ । त्यसअघि यो समूहको अर्को खेलमा प्रमुख प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्नेछन् । यो खेल भदौ १६ मा श्रीलंकामै हुनेछ । समूह ‘ए’ बाट २ टोली सुपर ४ मा जाँदा १ टोली भने पहिलो चरणबाटै बाहिरिनेछ । यस्तै,समूह ‘बी’ मा आज घरेलु टोली श्रीलंका र बंगलादेश भिड्दैछन् । यो समूहमा अफगानिस्तान पनि छ ।