
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा चट्याङ लागेर ५ जना गभ्भीर घाइते घाइते भएका छन् ।
गाउँपालिकाको वडा नम्बर ९ मा परेको चट्याङ लागेर घाइते भएको वडा अध्यक्ष महेन्द्र बाबु खनालले जानकारी दिनुभयो ।
घाइते हुनेमा मिलन खनाल, लिल बहादुर पुन, चन्द्रबहादुर पुन,दामोदर खनाल र जेमबहादुर पुन रहेका छन् ।
घाइते मध्ये केहीको सन्धिखर्ककमा उपचार भैरहेको र केहीलाई बुटवल रिफर गरिएको वडा अध्यक्ष खनालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्