
एजेन्सी । सरकारले संसदमा पेश गरेको श्रम कानूनको बिरोधमा ग्रिसका नागरिकहरु सडक आन्दोलनमा उत्रिएका छन् ।
ग्रिसका मजदुरहरुले सडकमा उत्रिएर हड्ताल गरेका हुन् । सार्वजनिक क्षेत्र छाता युनियन एडेडी र अन्य श्रमीक संघले विधेयक फिर्ता लिन माग गर्दै २४ घण्टे हडताल गरेका छन् ।
तर, सरकारले भने यस विधेयकले अघोषित श्रमको समस्यालाई समाधान गर्ने र कामदारको आम्दानी बढाउन मद्दत गर्ने बताएको छ । विधेयकमा पूर्ण समय कर्मचारीहरुले कुल दैनिक कामको १३ घण्टा भन्दा बढी नभएसम्म दोस्रो काम पाउने शर्तहरु तोकेको छ ।
त्यस्तै, अर्का प्रदर्शनकारी क्याटरिना मलाकोउले सबै मिलेर कामदार, पेन्सन, बेरोजगारीलाई झनै गरिबीमा पुर्याउने काम भएको बताउनुभयो ।
साथै उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्