
एजेन्सी । गाजामा इजरायली फौज र हमास लडाकुबीचको संघर्ष जारी छ । रातभरको मुसलधारे वर्षाका बीच लडाई जारी रहेको हो ।
युद्धका बीच मुसलधारे वर्षा हुँदा विस्थापितहरुको अवस्था झ्न कष्टकर बनेको छ ।
इजरायली सेनाले भने हमासको संसददेखि उसका सवै मूख्य अखडाहरुमा नियन्त्रण गरेको दाबी गरेको छ । हमासले उत्तरी गाजामा पूर्ण रुपमा नियन्त्रण गुमाएको दाबी पनि इजरायली सेनाको छ ।
यसैबीच, हमासको स्वास्थ्य मन्त्रालयले अलसिफा अस्पतालमा पनि आक्रमण शुरु भएको बताएको छ ।
अलसिफा अस्पताललाई हमास लडाकुले कमाण्ड सेन्टरको रुपमा प्रयोग गरेको दाबी गरेको इजरायली सेनाले सतर्कतापूर्वक अस्पतालमा कारवाही चलाउने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्