१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


केपी ओली कप फुटबल प्रतियोगिता सुरु


182
Shares

काठमाडौं । दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाट्न गर्नुभएको हो ।

उद्घाट्न कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुहुन्थ्यो । उद्घाट्न खेल केपी ओली फुटबल क्लब र ब्वाइज युनाइटेडबीच भईरहेको छ ।

प्रतियोगितामा नेपालका सातवटा ‘ए’ डिभिजन क्लव, दुई विदेशी र आयोजकसहित १० टिम सहभागी हुदैछन् । विदेशी क्लवहरुमा दिल्ली एफसी र पश्चिम बङ्गाल क्लब रहेका छन् । प्रतियोगिताको पहिलो चरणका खेल फागुन १६ गतेसम्म चल्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ११ लाख रुपैयाँ पुरस्कार पाउने छन भने उपविजेताले ५ लाख पाउने छन् । यस्तै, उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई ५०/५० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ ।