
धादिङ । धादिङमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस गजुरीस्थित घाटबेशी नजिकदुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ जना पुरूष र एक जना महिला रहेका छन् । मृतकको सनाखत भने हुन सकेको छैन ।
दुर्घटनामा ३९ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरेको थियो । बस तिब्र गतिका कारण अनियन्त्रित भइ सडकबाट १०० मिटर तल त्रिशुली नदिमा खसेको हो ।
प्रतिक्रिया दिनुहोस्