१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


धादिङमा चितुवाको आक्रमणबाट ४ जना घाइते


2.197k
Shares

धादिङ । धादिङको निलकण्ठ नगरपालिका– ७ तल्लो बेशीमा चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन् ।

निलकण्ठ नगरपालिका– ७ तल्लोबेसीस्थित माथिल्लो बडहरेमा विद्यालय जाँदै गरेकी स्थानीय शारदा श्रेष्ठलाई चितुवाले आक्रमण गरेको हो ।

चितुवाको आक्रमणमा परेर घाइते भएकी श्रेष्ठलाई बचाउन जाँदा स्थानीय बिमला कोइराला, दिपक श्रेष्ठ र नन्दप्रसाद अधिकारीलाई समेत चितुवाले आक्रमण गर्दा उनीहरू पनि घाइते भएका हुन् । आक्रमण गर्ने उक्त चितुवा भने अहिले मरेको स्थानीयले जानकारी दिएका छन् ।