१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


सिंहदरबार र नेताहरुको घरको फोहोर नउठाउने मेयर साहको चेतावनी


3.237k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर बोक्ने ट्रकका चार जना चालकलाई प्रहरीले समातेको भन्दै सिंहदरबारलगायतका स्थानको फोहोर नउठाउने चेतावनी दिनुभएको छ ।

सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर साहले चालकहरुलाई नछाडेसम्म सिंहदरबार, राजनीतिक दलका पार्टी कार्यालय र नेताहरुको घरको फोहोर नउठाउने घोषणा गर्नुभएको हो ।

भ्रष्टहरुलाई समात्न नसक्नेले महानगरपालिकाका चालकहरु समातेको भन्दै आक्रोशित हुनुभएका मेयर साहले को को जुध्न आउने हो आए हुन्छ भन्दै कसैलाई बाँकी नछाड्ने पनि बताउनुभएको छ ।