१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एसईईको मौका परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने अध्यक्ष ओलीको घोषणा


910
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने बताउनुभएको छ ।

बिहीबार रुपन्देहीमा २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै अध्यक्ष ओलीले सो घोषणा गर्नुभएको हो ।

अध्यक्ष ओलीले एसईई परीक्षा राम्रोसँग उत्तिर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सामाजिक विषयका कक्षाहरु अनलाइनमार्फत उपलब्ध गराइने बताउनुभयो । उहाँले काठमाडौंबाट गुणस्तरीय शिक्षकले अनलाइनमार्फत शिक्षा दिनुहुने बताउनुभयो । अध्यक्ष ओलीले अनलाइन कक्षाको व्यवस्था देशभर नै गर्ने भन्दै निःशुल्क अनलाइन शिक्षा लिनका लागि केपी शर्मा ओली फेसबुक पेजमा सम्पर्क राख्न आग्रह गर्नुभयो । उहाँले पेजमा सम्पर्क नम्बर छोडेपछि अनलाइन कक्षामा जोडिएर अनलाइन कक्षाको लाभ लिन सकिने बताउनुभयो ।

अध्यक्ष ओलीले शिक्षकहरुलाई आवश्यक तालिम दिन नसक्दा गुणस्तरीय शिक्षक पाउन कठिन रहेको भन्दै नलेज ट्रान्सफर गर्नसक्ने क्षमता भएका शिक्षकहरुको आवश्यकता रहेको बताउनुभयो ।