१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


तीन प्रदेशका प्रहरी प्रमुखसहित ९ डीआईजी सेवा अवधिका पूरा नहुँदै अवकासमा


1.586k
Shares

काठमाडौं । तीन वटा प्रदेशका प्रहरी प्रमुखसहित ९ जना प्रहरी नायब महानिरीक्षक पनि सेवा अवधि पूरा नहुँदै अवकासमा जादैछन् भने दर्जन भन्दा बढी प्रहरी अधिकारीहरु पनि घर फर्किने भएका छन् ।

सेवा अवधी पूरा नहुदै धेरै संख्यामा प्रहरी अधिकारीहरु अवकासमा पर्ने भएका छन् । डीआईजीहरु ५६ वर्षे उमेर हदकै कारण अवकाश हुन लागेका हुन् । उनीहरु पनि प्रहरी महानिरीक्षक बसन्त बहादुर कँवरकै ब्याची हुन् ।

जसमा मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेल, बागमती प्रदेशका प्रहरी प्रमुख विष्णुकुमार केसी र कर्णाली प्रदेशका प्रहरी प्रमुख अर्जुन चन्द ठकुरी छन् ।

मधेशमा कार्यरत डीआईजी यज्ञविनोद पोखरेल असोज १४ गते नै अवकाश हुने भएका छन् । कर्णाली प्रदेशका प्रहरी प्रमुख अर्जुन चन्द ठकुरी पुस १ गते अवकाश हुनेछन् । उनीहरु ३० वर्षे सेवा अवधि पूरा नहुँदै विदा भए पनि बागमती प्रदेश प्रमुख विष्णुकुमार केसी भने ३० वर्षे सेवा अवधिकै कारण अवकाश हुने भएका हुन् ।

२०५१ भदौ १६ गते प्रहरी सहायक निरीक्षकमा भर्ना भएका केसीपछि प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए । उनी डीआईजीसम्म यही ब्याचसँगै बढुवा हुँदै आएपछि प्रहरीमा भर्ना भने पहिलेकै हो । ३० वर्षे सेवा अवधिका कारण उनी भदौ १६ गते अवकाश हुनेछन् । अरु ६ डीआईजी भने उमेर हदकै कारण अवकाश हुन लागेका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत एआईजी रामदत्त जोशी कात्तिक १८ गते बिदा हुनेछन् । उनी त्यसअघि नै एआईजीमा बढुवा भएका छन ।

जुन एआईजी उमेशराज जोशी असार १९ गते अवकाश भएपछि रिक्त भएको हो । एआईजी भए पनि उनी कात्तिक १८ मै घर फर्किने छन् । सीआईबीमा कार्यरत डीआईजी किरण राणा कात्तिक १६ गते, केदार ढकाल मंसिर २२ गते र भरतबहादुर बोहरा पुस १४ गते अवकाश हुनेछन् । उनीहरु सबै ५६ वर्ष पूरा भएका कारण अनिवार्य अवकाश हुन लागेका हुन् । यस्त,ै राजेशनाथ बास्तोला कात्तिक ११ गते र कृष्णहरि शर्मा पोखरेल भदौ १५ गते अवकाश हुनेछन् ।

बास्तोलाको ३० वर्ष सेवा अवधि पूरा हुन एक वर्षभन्दा बढी समय बाँकी छ । उनी २०५२ कात्तिक २७ गते भर्ना भएका हुन् । शर्माको पनि सेवा अवधि चैत ५ गते मात्रै पूरा हुन्छ । तर ५६ वर्षे उमेर हदले उनीहरु पहिल्यै घर जान लागेका हुन् । डेढ महिनापछि १० एसएसपी एकसाथ बिदा हुँदै गर्दा प्रहरी महानिरीक्षकसँगै प्रहरी सेवा प्रवेश गरेका दुई एसएसपीले ३० वर्ष जागिर खान नपाउँदा अरु १० एसएसपी भने एकसाथ बिदा हुन लागेका छन् ।

आईजीपी कुँवरका ब्याची एसएसपी भोलाबहादुर रावल माघ १२ गते नै अवकाश हुनेछन ्। नेपाल प्रहरीमा दुईजना डीआईजी खाली हुन लागेकाले त्यसअघि नै उनी डीआईजीमा बढुवा हुने सम्भावना छ । बढुवा भए पनि उनको सेवा अवधि भने लम्बिने छैन । यस्तै एसएसपी गणेश चन्द पनि मंसिर २५ गते नै अवकाश हुनेछन ्। हालका एसएसपी मध्ये १० जना एकसाथ आगामी भदौ १६ गते ३० वर्षे सेवा अवधि पूरा गरेर बिदा हुँदैछन् ।

२०५१ भदौ १६ गते प्रहरी सहायक निरीक्षकमा भर्ना भएर पछि प्रहरी निरीक्षकमा नाम निकालेका एसएसपीहरु यो मितिमा अवकाश हुन लागेका हुन् । एसएसपीहरु जीवनकुमार श्रेष्ठ, दिल्लीराज बिष्ट, रेवती ढकाल, किसन सिंह थापा, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर वली र चन्द्रदेव राई एकसाथ भदौ १६ गते अवकाश हुनेछन् ।