
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा उदयपुरका दुई वटा वडामा शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ । त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९ मा उपनिर्वाचन भइरहेको छ ।
दुइवटै वडाका वडा अध्यक्षहरु मोटरसाइकल दुर्घटना परि निधन भएपछि रिक्त रहेको वडा अध्यक्ष पदका लागि निर्वाचन भइरहेको हो ।
यसअघिको निर्वाचनमा विवाद भएको त्रियुगा १२ मा शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस्