१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छ : मेयर साहले


260
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै पढाई बाहेकका सृजनात्कमक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताउनुभयो । उहाँले चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्नेमा समेत सहयोग पु¥याउने बताउनुभयो ।

मेयर साहले महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरुलाई सिकाउन जरुरी रहेको समेत बताउनुभयो । उहाँले प्रथम मेयर सिंहले काठमाडौं महानगरमा विकासको ढोका खोल्ने काम गरेको उल्लेख गर्नुभयो ।

महानगरले विद्यार्थीलाई सिर्जनात्कम क्रियाकलापमा सहभागि गराउन विभिन्न शैक्षिक कार्यक्रमहरु गर्दै आएको समेत बताउनुभयो ।