१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


उदयपुरमा बस र मिनिट्रक ठोकिँदा एक जनाको मृत्यु


507
Shares

काठमाडौं । उदयपुरमा बस र मिनिट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका ७ जोगिटोलस्थित मदनभण्डारी राजमार्गमा जन्ती बोकेको बस र मिनिट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन ।

दुर्घटनामा बाराको गढी गाउँपालिका ४ का ७० वर्षीय सिताराम धामीको उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २० जनाको उदयपुर अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने गम्भीर घाइते भएका पाँच जनामध्ये उदयपुर जिल्ला अस्पतालमा दुई र न्युरो अस्पतालमा तीन जनाको उपचार भइरहेको जनाइएको छ ।

बाराबाट जन्ती बोकेर गाईघाटतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट कटारीतर्फ जाँदै गरेको मिनिट्रक शुक्रवार बिहान एक आपसमा ठोकिएर दुर्घटना भएको हो । दुवै सवारीका चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।