
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन क्लब मच्छिन्द्र र संकटाले जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन् ।
सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा मच्छिन्द्रले भूटानको एफसी ट्रान्सपोर्ट युनाइटेड र संकटाले विभागीय टोली एपिएफलाई हराउँदै सेमिफाइनलमा स्थना बनाएका हुन् । दिनको पहिलो खेलमा संकटाले ट्राइब्रेकरमा एपिएफलाई ५–३ ले हराएको हो ।
एपिएफका सुजन पुलामीको प्रहारलाई संकटाका गोलकिपर दीप कार्कीले असफल पार्दै जित दिलाए । संकटाले अब फाइनल प्रवेशका लागि त्रिभूवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । एन्फा कम्प्लेक्समा नै भएको दोस्रो खेलमा मच्छिन्द्रले पनि पाहुना टोली ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले पराजित ग¥यो ।
मच्छिन्द्रका स्टेफेन जमाह जलीले गरेको गोल नै निर्णायक बन्यो । यस प्रतियोगितामा दुई विदेशी टोली भूटानको ट्रान्सफर युनाइटेड र उब्जेकिस्तानको ब्ल्याक बुल्सले प्रतिष्पर्धा गरेका थिए । तर, दुवै टोलीको यात्रा पहिलो खेलमा नै सीमित रह्यो ।
यसअघि सोमबार पाहुना टोली ब्ल्याक बुल्स एपिएफसँग टाइब्रेकरमा पराजित भएको हो । तर, एपिएफको यात्रा दोस्रो खेलमा नै पूर्णविराम लाग्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकियो । त्यसपछि खेल टाई ब्रेकरतर्पm धकेलियो । तर, यसपल्ट भने एपिएफ सफल हुन सकेन र संकटालाई नतिजा सुम्पिन पुग्यो ।
दोस्रो खेलमा मच्छिन्द्रले पाहुना टोलीविरुद्ध साँघुरो जित निकाल्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा भने मच्छिन्द्रले गोल ग¥यो । तर, गोलका लागि लामो समय पर्खनु प¥यो । स्टेफेन जमाहले ८०औं मिनेटमा गोल गरे । सनिस श्रेष्ठको पास सदुपयोग गर्दै उनले गोल गरेका हुन् । त्यसपछि बाँकी समयमा गोल हुन सकेन र मच्छिन्द्रले साँघुरो जित निकाल्यो । अब मच्छिन्द्रले सेमिफाइनलमा आयोजक केपी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
यो प्रतियोगिता फागुन १८ गतेसम्म चल्नेछ । उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा ९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्