१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


यस्तो छ आजको मौसम


0
Shares

काठमाडौं । आज देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । आज बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने तराइ र मधेशका बिभिन्न स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

विभागले दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका केशि स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको पनि जनाएको छ । विभागले सातवटै प्रदेशमा आंशिक बदली रहँदा ६ वटा प्रदेशमा हल्का वर्षा हुने जनाएको छ ।

मधेसबाहेकका सबै प्रदेशमा हल्का वर्षा हुने अनुमान बिभागले गरेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका विभिन्न स्थानहरूमा हिमपातको सम्भावना रहेको छ । देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परेको पनि विभागले जनाएको छ ।