१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


विकास निर्माणका काम कुनैपनि बहानामा रोक्न मिल्दैन : सांसद खतिवडा


728
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पाथिभारा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार गृह मन्त्रालयमा आयोजित गृहमन्त्री रमेश लेखक र कोशी प्रदेशका सांसदहरुबीच भएको छलफलपछि सांसद खतिवडाले विकास निर्माणका काम कुनैपनि बहानामा कसैले रोक्न नमिल्ने बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेर निस्कर्ष निकाल्नु पर्नेमा जोड दिनुभयो ।

सांसद खतिवडाले केबुलकार निर्माणको अनुमति २०७५ सालमै दिएको तर अहिले स्थानीय जनताले नभइ बाहिरका व्यक्तिहरुले आन्दोलन चर्काएर राजनीतिकरण गर्न खोजेको आरोप लगाउनुभयो । सबै पार्टीका नेताहरुलाई छलफलका लागि बोलाइएकाले छिट्टै एउटा निस्कर्षमा पुग्ने उहाँको भनाइ छ ।