साग जस्तैगरी सार्क आयोजना गर्न किन सकिन्न ?

एक चीनको कुरा नगरे त्यो देशसँग सम्बन्ध नै विच्छेद गर्न पछि नपर्ने जनवादी गणतन्त्र चीन पनि चीनको अर्कोस्वरुपमा आफूलाई उभ्याउने तर जनवादी गणतन्त्र चीनले संयुक्त राष्ट्रसंघको पूर्णकालीन र निषेषाधिकारसहितको शक्तिराष्ट्रको अधिकार नपाउन्जेलसम्म त्यो अधिकार प्रयोग गर्ने ताइवानसँगै एउटै खेलमैदानमा प्रतिस्पर्धीकै रुपमा खेल खेलिरहेको हुन्छ । अर्थात् राजनीतिकै सेरोफेरोमा घुमेको खेलनीति भए पनि खेलमा सहिष्णुता देखिन्छ र खेलले राज्य राज्यका बीचमा नयाँ नयाँ समीकरण तयार गर्ने गर्दछ ।

साख जोगाउन र साख बढाउन धौ धौ रहेको उपचुनाव

मान्छेहरु चुनावमा जित्नको लागि मात्रै उमेद्वारी राख्दैनन् कसैलाई हराउन र कसैलाई जिताउन पनि उमेद्वारी दिने चलन चलेको छ । छुट्टै संदेश प्रवाहित गर्नको लागि पनि चुनावमा उमेद्वारी दर्ता गरिन्छ । जित्ने सम्भावित उमेद्वारसँग बार्गेनिङ गरेर आर्थिक लाभ लिने अवसरको रुपमा पनि चुनावलाई उपयोग गर्नेहरु छन् । सबैले चुनावमा उमेद्वार बन्ने बित्तिकै, पार्टीले टिकट दिने बितिकै जित्ने क्षमता राख्दैनन् ।

इतिहास दोहोरिन्छ भन्छन्

इतिहास दोहोरिन्छ भन्छन् । २०४८ साल पुसमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि आफ्नो एकमना सरकारबाट ६ जना मन्त्रीहरु हटाउनु भएको थियो आफ्नो विशिष्ट अधिकारको प्रयोग गर्दै । अनि केहीलाई प्रवेश गराउनु भएको थियो । आजसम्म पनि त्यसको प्रभाव नेपाली काँग्रेसमा परिरहेको छ जवकि त्यसबेलामा प्रमुख राजनीतिक पात्रहरु अब यो संसारमा हुनुहुन्न र पनि ।

निरंकुश ‘जंगे’ ले जोगाएको सीमा र शासकले बेचेका नागरिकताबाट प्रताडित तराईवासी

जंगबहादुरको निरंकुश शासनलाई लक्षित गरेरै होला हामीले उनले ठड्याएको पिल्लरलाई पनि सम्मानपूर्वक सम्बोधन गर्न सकेनौं । र भन्यौं ‘जंगे पिल्लर’ । त्यही जंगे पिल्लर आज शक्तियुक्त छिमेकीको हस्तक्षेप रोक्न सीमामा एक्लै ठडिएको छ । रणनीतिक स्थानहरुमा छिमेकीले जंगेलाई लडाएका छन् । खेदेका छन् । वेपत्ता पारेका छन् ।

हामी यस्तै त हो नि ब्रो !

शिक्षा सर्वसुलभ र सर्वसाधारण सबै नागरिकको पहुचमा हुनुपर्ने राज्यको अवधारणा हो । राज्यको मूल नीति हो । तर पनि गरिबको पहुँचमा शिक्षा छैन । स्वास्थ्य यति महँगो छ कि सामान्य चेकजाँच गर्न पनि घरखेत बेच्नुपर्ने स्थित छ । मुश्किल छ मध्यम बर्गलाई, निम्न र निम्न मध्यम बर्गले नियतिलाई दोष दिएर बस्नुको विकल्प राज्यले दिन सकेको छैन ।

विश्वविद्यालयपछिको अध्ययन संस्थान : टेलिभिजन

टेलिभिजनको नियमित प्रसारणभन्दा ‘भिडियो अन डिमान्ड’ (VOD) लाई प्राथमिकता दिन थालिएको छ । प्रसारण प्रविधिमा प्रयोग हुने खर्चिला उपकरणहरु कम हुँदै प्रविधि सहज र सरलमात्र होइन, सुपथसमेत हुन थालेको छ । सूचनाको विकल्पको रुपमा अनलाइन सञ्चारमाध्यमतर्फ निर्भरता बढेको र टेलिभिजनतर्फ घटेको भएपनि मनोरञ्जको सशक्त साधन टेलिभिजनलाई विस्थापित गर्ने क्षमता भएका अन्य माध्यम अझै देखापर्न सकेको छैन । ‘प्लेटफर्म’ भने परिवर्तन भएको छ ।

द्वन्द्वपीडितलाई न्याय : राजनीतिक भागबण्डाको चेपुवामा

दुवै आयोगमा तुरुन्त पदाधिकारीहरु नियुक्त गरी विस्तृत अनुसन्धानलाई अगाडि बढाएर पीडितसम्म पुग्न ढिलाई गर्नुहुन्न । अब आयोगमा नियुक्त गर्ने अनुहार कुनै राजनीतिक दलको आदेशमा काम गर्ने भन्दापनि द्धन्द्धपीडितको अनुहार सम्झेर न्याय दिलाउन सक्ने हुनुपर्छ ।

‘हाई-टेक’ कांग्रेसको परिकल्पना

न्यू मिडियाका रुपमा स्थापित भएका फेसबुक, टुवीटर, गुगलप्लस, लिङइनमा दलका नेता तथा दलहरु नियमित अपडेट अपरिहार्य भएको छ । किनकी विश्वका धेरै देशहरुमा राजनीतिक निर्वाचन, सामाजिक अभियानलाई सोसल मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

मूर्ख बिना परिवर्तन हुँदैन !

सेनापतिको त्यस्तो जोसिलो कुरा सुनी सुनेर सिपाही जोखिम मोल्न तयार भए । तिनै सिपाहीको हिम्मत र साहसले निर्माण गरेको युद्दले मराठी राजाले मुगल सल्तनतसंग डटेर मुकाबिला गरे । तिनै मराठीले भारतलाई खण्डित हुनबाट बचाए ।

अस्वस्थ्य प्रधानमन्त्रीको सक्रियताको भित्री कथा

आफ्नो स्वास्थ्यको कारण एकपटक आफैं राजीनामाको मूडमा प्रधानमन्त्री रहेको समेत भित्रियाहरू बीच चर्चा थियो । तर अब आकस्मिक रुपमा प्रधानमन्त्रीको राजीनामा आउने संकेत चै बाँकी रहेन । तेस्रो पटक डायलासीस पछि आफ्नो पुनः मृगौला प्रत्यारोपण नभएसम्म आफूलाई प्रधानमन्त्री मै कायम राखेर प्रधानमन्त्री देशमा सरकारको परिवर्तनको सन्देस दिन चाहन्छन । चाहेका छन ।