नदीमा जलस्तर बढेपछि दुई सय घर परिवार विस्थापित

दियाला प्रदेशको राजधानी बकुवादेखि उत्तरतर्फ पर्ने खार्नाबाट र हुवेडेर गाउँका बासिन्दालाई सारिएको बाकुवाका नगर प्रमुख अब्दुल्लाह अल हैयाल्यले जानकारी दिए ।

अमेरिकी स्वतन्त्रता संग्रामी पुलस्की महिला थिइन् ? खुल्यो अचम्मको रहस्य !

अनुसन्धानकर्ताहरुले १८ औं शताब्दीमा भएको स्वतन्त्रता संग्राममा सामेल पोलिश–अमेरिकी जनरल कासिमिर पुलस्की या त महिला थिइन् नभए पनि इन्टरसेक्सवाला थिइन् भनेका छन् । लगातारको अनुसन्धानपछि अढाई सय वर्षपछि आएर उनी पुरुष नरहेको खुलासा भएको हो ।

भारतः सात सयभन्दा बढी कलाकारले गरे बीजेपीलाई भोट नहाल्न अपील

भाजपा विरुद्ध संयुक्त रुपमा गरिएको अपीलमा उनीहरुले ‘समानता तथा सामाजिक न्यायका लागि अन्धकार एवं जंगली शक्तिलाई पराजित गर्न’ आव्हान गरेका छन् ।

मूल्यवृद्धिको विरोधमा सुडानमा विशाल प्रदर्शन, सुरक्षाकर्मीद्वारा अश्रुग्यास प्रहार

चार महिनादेखि विरोधमा सहभागी हुँदै आएका प्रदर्शनकारीहरु राजधानी खार्तुमस्थित राष्ट्रपति भवन नजिकै रहेको सैनिक मुख्यालयसम्म पुगेका छन् ।

भारतीय कांग्रेस परिवारवाद र पैसाले चलेको मोदीको टिप्पणी

भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय कांग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको टिप्पणी गरेका छन् ।

अमेरिकी कम्पनीले बोइङ–७३७ संस्करणका विमानको निर्माण कम गर्ने

इथियोपियामा भएको दुर्घटनामा १ सय ५७ जना र इन्डोनेसियामा भएको दुर्घटनामा १ सय ८९ जनाको मृत्यु भएको थियो ।

अफ्रिकी मुलुक लिवियामा पुनः नयाँ संकट, रक्तपात रोक्न अपील

सशस्त्र विद्रोही संगठनका नेता खालिफा हफ्तारले आफ्ना सेनालाई त्रिपोलीतर्फ अघि बढ्न आदेश दिएपछि नयाँ संकट सिर्जना भएको हो ।

दक्षिण कोरियाको जंगलमा भीषण आगलागी, एकको मृत्यु, ११ जना घाइते

घटनास्थल केन्द्रीय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर टाढा रहेको छ ।

ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा बहुमत, प्रधानमन्त्री मे दबाबमा

ब्रेक्जिटलाई लिएर बेलायतको संसदमा गतिरोधलाई हटाउने प्रयास जारी रहेका बखत केवल १ मतको बहुमतले समयसीमा बढाउने प्रस्तावले बहुमत हाँसिल गरेको हो ।

ब्रुनाईमा शरिया कानुन लागू, व्यभिचारी र समलिङ्गीमाथि ढुङ्गा हानिने

विश्वका राजनीतिक नेताहरु, अधिकारकर्मी तथा अभियन्ताहरु समेतले चौतर्फी आलोचना गरेपनि ब्रुनाईका सुल्तानले नयाँ कानुनमा हस्ताक्षर गरेका छन् ।