चन्द्रनिगाहपुरमा अस्थाई क्वारेन्टाइन संचालनम

अखिल नेपाल फुटबल संघ एन्फाले निर्माण गरेको सुविधा सम्पन्न आधुनिक भवनलाई चन्द्रपुरसहितको चारवटा नगरपालिकाको सहयोगमा अस्थायी क्वारेन्टाइन संचालनमा ल्याइएको हो ।

संक्रमित युवतीसँग आएका तीनसहित सात जना क्वारेन्टाइनमा

कतार एअरवेजको विमानमा बाँकेका चार जना आएकोमा प्रहरीले खोजेर आफ्नै घरमा बसिरहेको तीन जनालाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा रहेको अस्थाई क्वारेन्टाइनमा राखिएको छ ।

पोखरामा लकडाउन प्रभावकारी

जिल्ला प्रशासन कार्यालयले औषधि उपचार, खाद्यवस्तु खरिदलगायतका अत्यावश्यकीय काममा बाहेक कोही पनि व्यक्तिलाई घरबाट ननिस्कन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।

चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने

भरतपुर अस्पतालमा रहेको २० श्ययाको सघन उपचारकक्षलाई विस्तार गर्नुपर्ने र त्यस्ता बिरामीको उपचारका लागि चिकित्सक, कर्मचारीको एउटै संयन्त्र बनाउन उपयुक्त हुने सुझाव आएको अधिकारीले जानकारी दिए ।

कोरोनाको कहर, २० करोड मान्छेलाई मृत्यु शैयामा पुर्‍याउने प्लेग र अरु महामारीको कथा

संसारमा यस्ता महामारी पहिलो पटक भएको होइन । कोरानाभन्दा ठूला र संसारमा महामारीको रुप लिएका रोगसँग विश्वले अनेकौं पटक जुधेको छ । र करोडौंको संख्यामा मानवीय क्षति व्यहोर्दै फेरि यस्ता रोग नियन्त्रण गर्न विजय प्राप्त गरेको छ । आशा गरौं कोरोनामाथि पनि मानिसले चाँडै विजय पाउने छ । कुनै समय हैजा, बुबोनिक प्लेग, बिफर र इन्फ्लूएन्जा मानव इतिहासको सबैभन्दा क्रूर हत्याराका रुपमा चित्रित थिए । यी रोगलाई मानिसले बनाएका सीमाले रोक्न सकेन । १२ हजार वर्ष अस्तित्वमा रहेको बिफर रोगले त तीस करोडदेखि ५० करोड मानिसलाई मृत्युको मुखमा पुर्‍याएको विश्वास गरिन्छ । प्लेगले त २० करोड मानिसलाई स्वाहा बनाएको थियो ।

कोरियाका नेपालीहरुले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने

उनले भने, “यतिबेला मातृभूमि नेपालले कोरोना भाइरसका कारण जुन विषम परिस्थिति भोग्नुपरेको छ, त्यसका लागि सहयोग गर्न सम्पूर्ण कोरियावासी नेपालीहरूमा अनुरोध गर्दछु ।”

कोरोनाका बिरामी आउने डरले गोपीगञ्जका औषधि पसल नै बन्द

गोपीगञ्जमा चार मेडिकल रहेकामा सरोज मेडिकल हल र रेनु मेडिकल हल बन्द अवस्थामा भेटिएको कार्यालयका प्रशासकीय अधिकृत सागर केसीले जानकारी दिनुभयो । बन्द रहेका दुईवटै मेडिकलका सञ्चालकलाई तत्काल बोलाएर खोल्न लगाइएको उनले बताए ।

कतारबाट नेपाल आएका रसुवाका दुईजना सेल्फ क्वारेन्टाइनमा

कतार एयरवेजबाट नेपाल फर्किएका रसुवाका दुई जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।

भारतबाट कैलाली आएकालाई क्वारेन्टाइनमा नराखी घर पठाइयो

भारतीय सीमानाका भएर कैलाली आएकाहरुलाई स्थानीय तहहरुले क्वारेन्टाइनमा नराखी घर पठाएका छन ।

भारतबाट धादिङ आएका २५ जना क्वारेन्टाइनमा

धादिङमा भारतबाट फर्किएका २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।