महिला कार्यालय सहयोगी कुटपिट आरोपमा वडा अध्यक्ष पक्राउ

उनीमाथि कार्यालय सहयोगी तुलसरा सिजालीलाई कुटपिट गरेको आरोप छ । पीडित महिलाको निवेदनका आधारमा हौजालीलाई प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष हौजालीले वडा कार्यालयको एक कोठाभित्र थुनेर निर्घात कुटपिट गरेको आरोप पीडित महिलाले लगाएकी छन् ।

बहस गर्ने कानुन व्यवसायी धेरै हुँदा सांसद आलमको मुद्दा लम्बियो

हिजो कानुन व्यावसायी शेरबहादुर केसीलगायत चार जनाको मात्र बहस सकिएकाले बाँकी कानुन व्यवसायीहरुले आज बहस गरिरहेका छन् । बहस गर्ने कानुन व्यवसायीहरु धेरै हुँदा आलमको मुद्दा लम्बिएको जिल्ला अदालत रौतहटले जनाएको छ ।

आलम प्रकरणः सरकारी साक्षीले बयान फेरे

मोहम्मद आफताव आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् ।

सेनानी रामचन्द्र तिवारी कारबाहीमा

नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई कारबाही गरेको छ ।

यो हो ‘मेसिन रिडेबल’ तास, चीनबाट भित्र्याइयो, जितेको जित्यै गर्ने काइदा ! (भिडियो)

अत्याधुनिक प्रविधियुक्त यो तास खेल्ने बेलामा जुवाडेले आ–आफ्नो मोबाइलमा ‘डिभाइस’ जडान गरी तास खेल्न सक्छन् ।

हत्या आरोपी १७ वर्षपछि पक्राउ

पक्राउ पर्नेमा धादिङको खनियाबासका ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका ३७ वर्षीय सुक लामा तामाङ छन् ।

सिरहाबाट लागुऔषधसहित तीन युवक पक्राउ

लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट मोरङको मिक्लाजुङ गाउँपालिका– ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थना लौकाहा खुटौना फूलपरास निवासी १८ वर्षीय मोहम्मद रियाजलाई पक्राउ गरेको हो ।

जुवामा संलग्न आरोप लागेका सेनानीमाथि प्रहरी अनुसन्धान

सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरीसमक्ष उपस्थित गराइएको छ ।

बढ्यो चुरेमा तस्करी

चुरेमा पर्ने परवानीपुर, सिगौल, भमरालगायत क्षेत्रको चुरेमा काठ तस्करी बढेको छ । दैनिक काठ तस्करी हुन थालेपछि जिल्ला वन कार्यालयलाई नियन्त्रण गर्न समस्या भएको छ ।

खाना खान जाँदै गरेका ब्यक्तिमाथि खुकुरी प्रहार

घाइते हुनेमा लोकनाथ आचार्य छन् । उनी खाना खानको लागी आफ्नो घर नजिकै रहेको सानीमाको घरमा जाने क्रममा बाटोमा धारिलो हतियार खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।