महन्थ ठाकुरको प्रश्न– नेपाली हुन पहाडी परिवारमै जन्मिनुपर्ने ?

‘पहिला सिंहदरवारलाई निरंकुशताको प्रतिक भनिन्थ्यो,’ उनले भने, ‘अहिले सिंहदरवार निरंकुशताको जीवित रुप देखिन्छ । न्याय माग्दा गोली खानु परेको छ ।’

सरकारले प्रतिकुल तथ्यांक लुकाउने गरेको छ : पूर्वमन्त्री कार्की

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको नीति तथा कार्यक्रम ‘सतही’ भएको टिप्पणी गरे ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच आज एकता घोषणा हुँदै

एकीकृत पार्टीमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पहिलो वरियतामा रहने छन् भने कार्यकारी अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसँग रहने छ ।

दाहाल भन्छन्– समाजवादका लागि सचेत धक्का चाहिन्छ

‘दलाल नोकरशाही पूँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन,’ उनले भने, ‘चीनले हामी अझै समाजवादको प्रारम्भमा छौं भनिरहेको छ । समाजवादका लागि सचेत धक्का चाहिन्छ । हामीले त्यसकै लागि काम गर्नुपर्छ ।’

सरकारको नीति तथा कार्यक्रमबारे संसदमा कसले के भने ? (भिडियो)

राजपा नेपालका सांसद राजेन्द्र महतोले नीति तथा कार्यक्रम ‘शाही शैली’मा आएको आरोप लगाउँदै झुठको खेती र जनताको अधिकारमाथि दिनदहाडै डकैती भएको टिप्पणी गरे ।

गैससलाई नियमन गर्छौँ : मन्त्री बाँस्कोटा

उनले भने, ‘बाह्य सहयोग स्वीकार्नुपर्छ तर नेपालको अखण्डता र सार्वभौमिकतामा आँच पुग्ने काम गर्न पाइँदैन ।’

नीति तथा कार्यक्रम भाँङ खाएर लेखेको ? राजेन्द्र महतो

नीति तथा कार्यक्रममा लेखिएको संविधान सर्वस्वीकार्य भन्ने शब्दप्रति आपत्ति जनाउँदै महतोले ‘नीति कार्यक्रम भाङ खाएर लेखेको हो ? त्यो त नहुनु पर्ने, तर त्यस्तै देखियो भन्दै टिप्पणी गरेका हुन् ।

नेकपा नेता सापकोटाले नै भने सरकार लाचार र निरीह देखियो

नले सर्वत्र भ्रष्टाचार रहेको भन्दै सरकार निरीह बनेको उल्लेख गरे । भ्रष्टाचारले मुलुक आक्रान्त बनेकामा चिन्ता प्रकट गर्दै उनले सरकारले भ्रष्टाचार निर्मुल गर्न कठोर कदम चालोस भने ।

नीति तथा कार्यक्रममाथि संशोधन पेस

सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले संशोधन पेस गरेका छन् ।

सरकारले हर क्षेत्रलाई कम्युनिस्टकरण गर्न लाग्यो : पौडेल

वरिष्ठ नेता पौडेलले सरकारले गरिरहेको नकारात्मक कामका विषयमा सशक्त आवाज उठाउनुपर्ने बताए ।