युरोपमा काम मिलाइदिन्छु भन्दै ठगी गर्ने शिवाकोटी पक्राउ

news

काठमाडौं, असार १७ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले युरोप लैजाने र काम लगाइदिने भन्दै ठगी गरेको आरोपमा गोरखाका विष्णु शिवाकोटीलाई आज पक्राउ गरेको छ ।

युरोप लगेर काम लगाइदिने प्रलोभनमा पारेर नक्कली कागजात देखाई प्रतिव्यक्ति रु ६ लाख ५० हजारका दरले पैसा उठाएर टर्की र इजिप्ट पु¥याएर अलपत्र पारेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

मानव बेचबिखन तथा ओसारपसार र ठगी गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो । शिवाकोटीलाई काठमाडौँको वीर अस्पताल मार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...