उपकुलपतिमाथि भएको व्यवहारको विरोध

news

काठमाडौं, असार २४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा समय मागेर नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको जिकिर गरे ।

उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोली शनिबार क्यानडातर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पु¥याएको थियो ।

क्यानाडामा सोमबारदेखि आयोजना हुने १८औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कोइराला त्यसतर्फ जाने तयारीमा थिए । पाँचदिने सम्मेलनमा नेपालले आफ्नो धारणा राख्ने र आगामी १९औँ सम्मेलन सन् २०२४ मा नेपालमा गर्नेबारे म्यान्डेट लिने कार्यक्रम थियो ।

१९ औं सम्मेलन नेपालमा हुने म्यान्डेट लिएर आउने अवसरलाई समेत सरकारले अप्ठ्यारो पार्ने गरी उठाएको कदमको आफू लगायत आफ्नो पार्टीले घोर भर्त्सना गरेको पाण्डेले बताए । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...