नेपाललाई विश्वमै उदाहरणीय सन्देश दिने अवसर : दाहाल

news

काठमाडौं, वैशाख २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति–प्रक्रियाका बाँकी काम पूरा गर्न सम्बन्धित सबै पक्षलाई सहयोगका लागि अपिल गरेका छन् ।

मानवअधिकारवादी नेता स्व. पद्मरत्न तुलाधरको जीवनीमा आधारित पुस्तक ‘सर्वरत्न’को बुधबार राजधानीमा विमोचन गर्दै उनले शान्ति–प्रक्रियाका बाँकी कामलाई पूरा गरेर नेपाललाई विश्वमै उदाहरणीय सन्देश दिने अवसरसमेत भएको बताए ।

ऐन संशोधन गरेर सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगलाई नयाँ तरिकाले गठन गर्ने प्रक्रिया अघि बढेको बताए ।

कार्यक्रममा मानवअधिकारवादी नेता मल्ल के सुन्दर र दमननाथ ढुंगानाले स्व. तुलाधरले नेपालको लोकतान्त्रिक आन्दोलन, भाषिक आन्दोलन र पहिचानको आन्दोलनमा दिएको योगदानको चर्चा गरेका थिए ।

‘सर्वरत्न’ पुस्तकका लेखक जितेन्द्र रसिक हुन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...