संघीय निजामती सेवाको गठनसम्बन्धी विधेयकमाथि दफावार छलफल

news

काठमाडौं, वैशाख २६ । राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार पनि संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ ।

समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा संशोधनकर्ता सांसदहरुले राखेका संशोधनसहित दवाफार छलफल दोस्रो दिन पनि जारी रहेको हो ।

विधेयकमाथि ९५ जना सांसदले संशोधन दर्ता गरेका थिए । विधेयकमा एकल र संयुक्त गरी ८२ संशोधन परेका छन् ।

विधेयकमाथि बुधबारदेखि समितिमा दफावार छलफल सुरु भएको थियो । विधेयकलाई समितिले पारित गरेपछि संघीय संसदमा दर्ता हुनेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...