१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पोर्चुगलमा यस्तो छ, कोरोनाको स्थिति, के भन्छन् नेपाली ?


13
Shares

विष्णु पौडेल (इमेज)

पोर्चुगल, असार १८ । कोरोना महामारीको चपेटामा परेको युरोप विस्तारै सहज बन्दै गएको छ ।

संक्रमितको संख्या घटेको छ भने मृत्यु हुनेको संख्यामा समेत कमी आउँदा जनजीवन सामान्य बन्दै गएको छ ।

युरोपका धेरै देशहरुमा ‘लकडाउन’ खुकुलो बन्दै गएको छ । लकडाउन खुकुलो हुँदै गएपछि सार्वजनिक क्षेत्रमा मानिसहरुको भिडभाड देखिन थालेको छ ।

तर, सम्बन्धित देशको सरकारले अनिवार्यरुपमा मास्क लगाउन र सामाजिक दुरी कायम गर्नमा भने कडाइ गरेको छ ।

बेलायत, स्पेन, फ्रान्स, इटालीलगायतका देशमा जनजीवन सामान्य बन्दै गएको छ ।

कोभिड–१९ का कारण युरोपमा मात्र २२ लाख ५० हजार मानिसहरु प्रभावित भएका छन् भने एक लाख बढीको ज्यान गएको छ । दैनिकरुपमा संक्रमित हुने र मृत्यु हुनेको संख्या हरेक दिन घट्दो दरमा छ ।

पोर्चुगलमा २५ हजारभन्दा बढी नेपालीहरुको बसोबास रहेको छ । यहाँ ३६ जना नेपाली संक्रमित भएका थिए भने अधिकांश सन्चो भएर घर फर्केका छन् ।

रेस्टुरेन्ट, सपिङ मल, विद्यालय खुलेपनि कोरोनाको त्रास भने उस्तै छ ।

पोर्चुगलमा रहेका नेपालीहरु कृषि, रेन्टुरेन्टमा मात्र होइन, आफ्नै व्यवसाय गरेरपनि बसेका छन् ।

कोरोनाको महामारी फैलिएको समयमा समेत ग्रोसरी पसलहरु भने खुलेकै थिए ।

लिस्बन ग्रोसरी पसल गर्दै आएका चितवनका दामोदर पौडेलले अहिले नै ढुक्क भएर हिँड्डुल गर्ने अवस्था नआएको भन्दै होसियार हुनुपर्ने सुझाएका छन् ।

पोर्चुगलमा ३७ हजारभन्दा बढी कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने १५ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

भिडियो हेर्नुहोस्

पोर्चुगलमा यस्तो छ, कोरोनाको स्थिति, के भन्छन् नेपाली ?

पोर्चुगलमा यस्तो छ, कोरोनाको स्थिति, के भन्छन् नेपाली ?

Posted by ImageKhabar.com on Thursday, July 2, 2020