१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेकपा सचिवालय बैठक भोलि ३ बजेका लागि बोलाइयो


0
Shares

NCP secretariat meeting baluwatar primeminister prachanda kp oli

काठमाडौं, साउन २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भोलि (शनिबार) का लागि सचिवालय बैठक बोलाएको छ ।

स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर ४ गते पुर्‍याएको नेकपाले भोलि भने सचिवालय बैठक गर्न लागेको हो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच भएको भेटमा शनिबार सचिवालय बैठक बोलाउन सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठक शनिबार ३ बजे बालुवाटारमा बस्नेछ । दुई अध्यक्षकै सहमतिमा शुक्रवार बोलाइएको स्थायी कमिटी बैठक आइतबारका लागि सारिएको थियो ।

नेकपाको सचिवालय बैठक पछिल्लो पटक गत असार ६ गते बसेको थियो । पार्टी सत्ताभित्र चरम विवादमा फसेको नेकपामा प्रधानमन्त्री ओलीलाई हटाउनेबारेमा तीब्र विवाद रहेको छ ।