१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मालीमा सेनाले गरेको सत्तापलटको राष्ट्रसघंद्धारा निन्दा


0
Shares

काठमाडौं । पश्चिम अफ्रिकी देश मालीमा सेनाले गरेको सत्तापलटको अन्तर्राष्ट्रिय स्तरबाट गरिएको निन्दामा संयुक्त राष्ट्रसघं पनि जोडिएको छ ।

सैनिकहरूले नियन्त्रणमा लिएको केही घन्टापछि राष्ट्रपति इब्राहिम बुबाकार केयटाले राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसघंको सुरक्षा परिषद्को बैठकले पनि यसमा क्षेत्रीय सङ्गठनहरूले जस्तै आवाज उठाएको बताइएको छ ।

उसले अझै पनि सैनिक नियन्त्रणमा रहेका राष्ट्रपति केयटासहित सबै सरकारी अधिकारीहरूलाई तत्काल मुक्त गर्न र संवैधानिक व्यवस्था पुर्नस्थापित गर्न माग गरेको छ ।

अफ्रिकी सघंले यसअघि मालीको सदस्यता निलम्बन गरिसकेको छ । अमेरिका र फ्रान्सले पनि उक्त घटनाको निन्दा गरेको बताइएको छ ।

तर सैनिक विद्रोहमा संलग्नहरूले देशलाई थप अराजकताबाट जोगाउन कदम चालेको बताएका छन् । एजेन्सी