१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सोलुखुम्बुमा खहरेखोलाले बगाउँदा एकजना बेपत्ता


0
Shares

सोलुखुम्बु, भदौ ३१ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकास्थित खहरेखोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् ।

बुधबार खोला तर्नेक्रममा बगाउँदा नेचासल्यान–४ का भुईमान राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

केही दिनयता लगातारको वर्षाका कारण खोलामा पानीको बहाव बढेको स्थानीयले बताएका छन् ।