डोल्पो महोत्सव हुँदै

news

काठमाडौं, असार ३१ । डोल्पा जिल्लाको संस्कृति तथा जिल्लाकाबारेमा जानकारी दिने उद्देश्यले ‘डोल्पो महोत्सव तथा क्रिस्टल माउन्टेन विद्यालय रजतजयन्ती २०७६’ हुने भएको छ ।

विश्वको सबैभन्दा अग्लो मानव बस्ती रहेको स्थान तथा डोल्पावासीले भोग्नुपरेका समस्या तथा चुनौतीकाबारेमा जानकारी दिने उद्देश्यले डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पो संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

महोत्सव आउँदो भदौ २४ देखि २८ गतेसम्म आयोजना गर्न लागिएको हो ।

‘दर्शन डोल्पोको, आर्जन शान्तिको’ भन्ने मुख्य नारासहित डोल्पा जिल्लालाई पर्यटकीय क्षेत्रकारुपमा विकास गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको संयोजक डोल्पो महोत्सव मूल विकास समितिले जनाएको छ ।

पर्यटन वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्नु पनि महोत्वसको उद्देश्य रहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...