समता अस्पताल मृत्युकाण्डमा पक्राउ परेकाहरु धरौटीमा रिहा गर्ने निर्णय

news

काठमाडौं । गत जेठ २ गते काठमाडौंको बौद्धस्थित समता अस्पतालमा कार्यरत रामेछापकी बिमला तामाङको झुण्डिएर मृत्यु भएको घटनामा जोडेर पक्राउ परेका तीन जनालाई काठमाडौं जिल्ला अदालतले जनही ३ लाख धरौटीमा रिहा गर्ने निर्णय गरेको छ ।

घटनापछि पक्राउ परेका कला संञेल, तीर्थकुमारी श्रेष्ठ र संगीता श्रेष्ठ बिरुद्ध परेको मुद्दामा न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासले धरौटीमा रिहा गर्ने फैसला गरेको हो ।

आदेश बमोजिम धरौटी बुभाmउन नसकेकपछि उनीहरु जेल चलान गरिएको छ ।

पोस्मार्टम रिपोर्ट समेत झुण्डिएर आत्महत्या गरेको देखाएको उक्त घटनामा मृतकले लेखेको सुसाइड नोटको आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

मृतकका आफन्तले भने नाम उल्लेख भएकाहरुलाई ज्यान मुद्धा लगाउनुपर्ने र सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग राख्दै आएका छन् । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...