कमैया मुक्ति दिवसः कमैया प्रथा अन्त्यको घोषणा भएको १९ वर्ष पूरा

news

काठमाडौं । कमैया प्रथा अन्त्यको औपचारिक घोषणा भएको आज १९ वर्ष पुगेको छ । 

२०५७ साल साउन २ गते तत्कालीन सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो ।

तत्कालीन सरकारले २०५७ साल साउन २ गते मालिकका घरबाट मुक्त घोषणा गरेको थियो ।

कमैया मुक्तिको घोषणा भएको दिनको स्मरणमा आज काठमाडौं उपत्यकासहित थारु बहुल जिल्लामा कमैया मुक्ति दिवस मनाइँदै छ ।

मुक्त घोषणा भएको १९ वर्ष पुगे पनि मुक्त कमैयाहरुको पुनस्र्थापना र व्यवस्थापन हुन सकेको छैन ।

कैलाली, बर्दिया, कञ्चनपुर, बाँके, दाङ र सुर्खेतमा धेरै मुक्त कमैया छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...