‘दुवाकोटमा वीर अस्पताल बनाउनै नमिल्ने चीनको प्रतिवेदन’

news

काठमाडौं, साउन ३ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्र प्राथमिकतामा नपर्दा उल्लेख प्रगति हासिल गर्न नसकेको बताएका छन् ।

शुुक्रबार मन्त्रालयमा आर्थिक वर्ष २०७५/०७६ का उपलब्धिहरु प्रस्तुत् गर्दै मन्त्री यादवले सरकारले गत वर्ष ल्याएको नीति तथा कार्यक्रमको ७९ प्रतिशत काम सम्पन गरेको दाबी गरे ।

कर्मचारी अभावका कारण कार्यक्रम अनुगमन नसकिएको भन्दै मन्त्री यादवले बाढी प्रभावित जिल्लाहरुमा महामारी फैलिन नदिन मन्त्रालय तयारी अवस्थामा बसेको जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्यसचिव डा. पुष्षा चौधरीले भक्तपुरको दुवाकोटमा वीर अस्पतालको विस्तारित भवन बनाउन चीनले रुचि देखाएकोमा प्रारम्भिक अध्ययनबाट उक्त ठाउँमा अस्पताल बनाउनै नमिल्ने प्रतिवेदन दिएपछि अस्पताल निर्माणमा ढिलाइ भएको बताइन् ।

अस्पताल निर्माणका लागि अन्यत्र कहाँ जमिन खोज्ने भन्ने विषयमा छलफल नै नभएको पनि उनले बताइन् ।

गत आर्थिक वर्षमा मन्त्रालयले अघि सारेका ६ प्रतिशत कार्यक्रममात्र सम्पन्न हुन नसकेको र १५ प्रतिशत काम अझैपनि जारी रहेको पनि जानकारी दिइयो ।

देशका ४६ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको र विपन्न नागरिक कार्यक्रमअन्तर्गत् विभिन्न ८ प्रकारका रोगको सेवा लिनेको संख्या ३५ हजार ६०० पुगेको पनि कार्यक्रममा जानकारी दिइयो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...