बेलायतको ट्यांकर इरानको नियन्त्रणमा, वेलायती विदेशमन्त्रीले दिए यस्तो चेतावनी

news

काठमाडौं । इरानले बेलायतको एउटा ट्यांकर नियन्त्रणमा लिएको छ ।

बेलायतका विदेशमन्त्री जेरोमी हन्टले इरानले बेलायती झन्डायुक्त ट्यांकर गल्फ क्षेत्रबाट नियन्त्रणमा लिएको बताएका छन् ।

नियन्त्रणमा लिएको ट्यांकर तत्काल नछाडे इरानले गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी पनि मन्त्री हन्टले दिएका छन् ।

यसले अमेरिकासँगको सम्बन्ध तनावको उत्कर्षमा रहेका बेला बेलायतसँग पनि इरानको सम्बन्धमा तनाव देखिएको छ ।

इरानको उत्तरतर्फ जाँदै गरेको समुद्री ट्यांकरमा २३ जना रहेको जनाइएको छ ।

सो ट्यांकरलाई चारवटा पानी जहाज र एउटा हेलिकोप्टरले घेरेर राखेको विदेश मन्त्री हन्टले बताएका छन् ।

इरानले लाइबेरियाको झण्डायुक्त ट्यांकर पनि नियन्त्रणमा लिएको थियो ।

तर हाल सो ट्यांकर मुक्त भएको र आफ्नो यात्रा नियमित गरेको हन्टले उल्लेख गरेका छन् ।

अमेरिकाले इरानको एउटा ड्रोन ध्वस्त पारेको दाबी गरेको र इरानले त्यसलाई खारेज गरिरहेको अवस्थामा बेलायती ट्यांकर इरानले नियन्त्रणमा लिएको हो ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...