टोटनह्यामले युभेन्टसलाई हरायो, ह्यारी केनले गरे निर्णायक गोल

news

काठमाडौं । अन्तर्राष्ट्रिय च्याम्पियन्स कप फुटबलमा इङ्ल्यान्डको टोटनह्याम हट्सपरले ईटालीको युभेन्टसलाई हराएको छ ।

गएराति भएको खेलमा टोटनह्यामले युभेन्टसलाई ३–२ ले पराजित गर्‍यो ।

टोटनह्यामको जितमा इङ्लिस स्ट्राईकर ह्यारी केनले ईन्जुरी समयमा निर्णायक गोल गरे ।

यसअघि टोटनह्यामका एरिक लामेला र लुकास मौराले एक–एक गोल गर्दा युभेन्टस्का गोन्जाले हिगुवान र क्रिश्चियानो रोनाल्डोले एक–एक गोल गरेका थिए ।

अन्तर्राष्ट्रिय च्याम्पियन्स कप फुटबलकै अन्य खेलमा जर्मनीको बायर्न म्युनिखले स्पेनको रियालम मड्रिडलाई ३–१ ले पराजित गर्दा इङ्ल्यान्डको आर्सनलको ईटालीको फियोरेन्टिनामाथि ३–० को जित निकाल्यो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...