बेलायतमा प्रतिभा नक्षत्रको भब्य तयारी, धमाधम आवेदन लिइँदै

news

काठमाडौं । प्रवासी नेपालीहरु माझ चर्चित प्रतिभा नक्षत्रले बहु प्रतिक्षित कार्यक्रम ‘प्रतिभा नक्षत्र–२०१९’ को  आफ्नो तेस्रो संस्करण तयारी लगभग पुरा गरेको छ ।

भिन्न तर अर्थमुलक संस्थाका रूपमा परिचित प्रतिभा नक्षत्रले दुई संस्करणलाई भब्य रुपमा सम्पन्न गरिसकेको छ । सन् २०१७ मा बेलायतमा स्थापना भएको कार्यक्रम प्रवासमा चर्चित मानिन्छ ।

अघिल्लो दुई कार्यक्रमलाई सामुदायिक घर भित्रै सम्पन्न गरेको नक्षत्रले यो पटक भने खुल्ला मैदानमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

नक्षत्र टिमले कार्यक्रम आगामी चार अगष्ट आईतबार ११ बजेदेखि साँझ ८ बजेसम्म चाल्टर्न पार्कलेनको मेरिडियन स्र्पोट्स सोसल क्लबमा आयोजना गर्न लागेको हो ।

अगष्ट ४ मा आयोजना हुन लागेको कार्यक्रममा भाग लिन चाहने युवा तथा वाल प्रतियोगीहरुका लागि आवेदन खुल्ला गरिएको आयोजकले जानकारी गराएको छ । 

अनलाईन र पेपर फर्म दुवैको व्यवस्था गरेको प्रतिभा नक्षत्रले अनलाइन फर्म भर्न चाहनेको हकमा pratibhanakshatra.org बाट कार्म गर्न अनुरोध गरिएको छ ।

कार्यक्रममा नेपाली सँस्कृति बाहेक भिन्न समुदायका पहिचान झल्कने परम्परालाई पनि संस्थाले स्थान दिने भएको हो ।

सुन्दर अभ्यासबाट भाईचाराको सम्वन्ध स्थापित गर्दै प्रवासमा नेपाली संस्कृति प्रवद्वन र प्रचारलाई बडो रोचकका साथ हेरिएको छ ।

कार्यक्रममा प्रथम हुनेलाई युवातर्फ ५०० पाउण्ड, द्वितियलाई ३०० पाउण्ड र तृतिय प्रतियोगीलाई २०० पाउण्ड, बाल विजय प्रतियोगीहरू प्रथम , द्वितिय र तृतीयलाई क्रमशः ३०० , २०० र १०० पाउण्ड , टोकन अफ लभ , ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

लामो समयदेखि प्रवासमा बसेका अर्थात प्रवासमै जन्मियका बालबालिकाहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम नौलो र अर्थपूर्ण हुने आयोजकले दावी गरेको छ ।

कार्यक्रममा भाग लिन इच्छुक प्रतियोगीले संसारभरबाट आवेदन दिन सक्ने भन्दै आयोजकले अनलाईन फर्मलाई पनि व्यवस्थित गरेको छ ।

नेपाली दुतावास लण्डन, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज एनआरएनए प्रतिनिधि, सामाजिक अभियन्ता, स्थानीय मेयर, काउन्सीलर लगायत देशविदेशबाट अथितिहरु सहभागी हुनेछन् ।

सोहि अवसरमा ‘नेपाल भ्रमण बर्ष २०२०’ लाई प्रत्यक्ष प्रवद्धन गर्ने गरी नेपाली हस्तकला, खाना, भेषभुषा, संस्कृतिलाई उच्च प्राथमिकताका साथ प्रचार प्रसार गरिने आयोजकले तयारी गरेको छ ।

सबै संघ संस्थाहरुसंग सहकार्य गर्दै प्रतिभा नक्षत्रको उद्देश्य र चाहनालाई नेपाली प्रवासी माझ जिवन्त दिन आयोजकले प्रयास गरिरहेको संस्थाकी अध्यक्ष तथा सामाजिक अभियन्ता शिम्मी पुनले जानकारी दिइन ।

संस्थाकी अध्यक्ष पुन, सम्पूर्ण कार्य समिति तथा संस्थापक परिकल्पनाकार राजेन्द्र खस बस्नेतले प्रतिभा नक्षत्रको बृद्धि विकास र यसको प्रवद्र्धनका लागि नेपाली संघसंस्था, एनआर एनए, नेपाली दुतावास बेलायतलगायत प्रवासी नेपाली र नेपाल सरकारका सम्वन्धित निकाएको सहयोगमा प्रतिभा नक्षत्रको दायरा फराकिलो बनाउन सकिने भन्दै यो सामाजिक अभियानलाई सफल बनाउन सबैमा अनुरोध गरेको छन्  ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...