दिगो विकासका लागि सामाजिक सुरक्षा आवश्यकः अर्थमन्त्री

news

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकासका लागि सामाजिक सुरक्षा आवश्यक रहेको बताएका छन् ।

नेपाल सरकार तथा जर्मन सहयोग नियोगको संयुक्त आयोजनमा आज काठमाडौंमा भएको कार्यक्रममा मन्त्री खतिवडाले समाजलाई उत्पादनशील क्षेत्रमा अघि बढाउन पनि सामाजिक सुरक्षा आवश्यक भएको बताएका हुन् ।

सामाजिक सुरक्षाका लागि बजारमुखी अवधारणको विकास गर्न आवाश्यक रहेको उनको भनाइ थियो ।

अर्थमन्त्री डा. खतिवडाले दिगो विकासको अवधारणाअनुरुप नै सरकारले सामाजिक सुरक्षा कोष स्थापना गरेको र ज्येष्ठ नागरिकलाई भत्तासमेत दिएको बताए ।

सामाजिक न्यायसहितको आर्थिक विकास गर्न नेपालको संविधानमा मौलिक हकमा समेत सामाजिक सुरक्षालाई समावेश गरिएको उनको भनाई थियो ।

उनले  सरकारले स्वास्थ्य बिमा कार्यक्रम पनि ल्याएको र यो योजनालाई पनि सामाजिक सुरक्षामा समावेश गरिएको बताए ।

कार्यक्रममा विश्व बैंककी सामाजिक सुरक्षा विशेषज्ञ जस्मिन राजभण्डारीले सामाजिक सुरक्षाले मानव विकास र अवसर प्राप्त गर्न सहज बनाए पनि नेपालमा कार्यान्वयन पक्ष बलियो नभएको बताए ।

सरकारी समन्वयनकोे अभावका कारण अझै पनि सामाजिक सुरक्षा बलियो नभए उनको भनाइ थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...