राप्रपाको लक्ष्य : ७ सय ५३ वटै तहमा संगठन निर्माण, तीन लाख सदस्यता वितरण

news

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७६ साललाई संगठन निर्माणको वर्ष बनाउने भन्दै ७ सय ५३ वटै तहमा पार्टीको कार्यससिमति र भ्रातृ संस्थाहरु निर्माण गर्ने जनाएको छ ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचनमा पार्टीलाई दर्बिलो संगठनका रुपमा स्थापित गर्ने गरी महाधिवे्शन आगावै तीन लाख सदस्यता वितरण गर्ने लक्ष्य पनि लिएको छ ।

राष्ट्रियताका सन्र्दभमा आफुले उठाएको माग प्रति सरसकारसँग वार्ता चलिरहेको भन्दै रप्रपाले सरकारसँगको वार्ता असफल भए दोस्रो जनअभियान संचालन गर्ने निर्णय गरेको पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धीमान तामाङले जानकारी दिए ।

बैठकले पार्टीको महाधिवेशन आगामी जेष्ठ महिना भित्रै गर्ने गरी आवश्यक तयारी थाल्ने निर्णय समेत गरेको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...