रेयुकाई आँखा अस्पताललाई सहयोग

news

काभ्रे, साउन २३ । काभ्रेको रेयुकाई आँखा अस्पतालमा नेपालस्थित अष्ट्रेलियन दूतावासले ३७ लाख ७५ हजार रुपैयाँ बराबरको मेसिनरी उपकरण हस्तान्तरण गरेको छ ।

नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वर्डले बिहीबार अस्पतालमा गरिएको कार्यक्रममार्फत् सो उपकरण हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, रोटरी क्लब अफ धुलिखेलले पनि अस्पताललाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

अस्पतालले धनुषा, सिन्धुपाल्चोकको खाडीचौरमा र काभ्रेकै दुर्गम कुशादेवीमा महिनाको एकपटक आँखाका बिरामीलाई निःशुल्क चेकजाँच गर्दै आएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...