‘विद्यालयमै नर्सिङ सेवा’

news

चितवन, साउन २५ । प्रदेश नम्बर–३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशभित्रका सबै विद्यालयमा विद्यालय नर्स सेवा सुरु गरिने बताएका छन् ।

शनिबार चितवनमा नेपाल नेत्रज्योति संघको प्रदेश–३ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले नागरिकको स्वस्थ जीवनशैली बनाउन विद्यालयमै नर्सिङ सेवा सुरु गरिने बताए ।

केही विद्यालयमा अहिले सुरु गरिएको कार्यक्रम प्रदेशका सबै विद्यालयमा सुरु गर्ने तयारी रहेको मन्त्री दुलालको भनाइ थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...