मिथिलाञ्चल क्षेत्रमा झुला महोत्सव सुरु

news

जनकपुर, साउन २६ । झुला महोत्सव मिथिलाञ्चल क्षेत्रमा सुरु भएको छ । प्रदेश नम्बर २ को राजधानी जनकपुरधाममा महोत्सवको शुभारम्भ गरिएको हो ।

झुला उत्सव रक्षा बन्धन अर्थात पूर्णिमासम्म मनाइन्छ । जानकी मन्दिर, राम मन्दिरसहितको मन्दिरहरुबाट भगवान राम र जानकीको डोला स्थानीय रंगभूमि मैदानमा ल्याएर पूजा र आरतीपछि नगर परिक्रमा गराउंदै महोत्सव सुरु गरिएको हो ।

जनकपुरमा झुला उत्सवको आरम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दासबाट भएको जनविश्वास रहिआएको छ । जनकपुरको जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर, सुन्दर सदन, दुलहा–दुलही मन्दिर, रत्न सागर, रसिक निवास, अग्नि कुण्ड लगायत दर्जनौं मठ मन्दिर र कुटीमा झुला उत्सव भव्यवताका साथ मनाइदैंछ ।

जनकपुरको मठमन्दिर अतिरिक्त भक्तजनले झुला उत्सवका अवसरमा घरमा समेत भगवानलाई आसनमा राखेर झुलाउने परम्परा विकसित भएको छ । झुला महोत्सवका लागि जनकपुरका मठमन्दिरमा भव्य सजावट गरि साँझ सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...