चितवनमा १६ सय भन्दा बढी उद्योग थपिए

news

चितवन । देशको केन्द्र भागमा रहेको चितवनमा नयाँ उद्योग तथा व्यवसायहरु थपिने क्रम बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा मात्रै चितवनमा १६ सय भन्दा बढी उद्योग थपिएका छन् ।

गत आर्थिक वर्षमा २ हजार दुई सय ४१ जना उद्यमी मिलेर एक हजार ६ सय ८८ वटा नयाँ उद्योग सञ्चालन गरेका छन् ।

सञ्चालनमा आएका नयाँ उद्योगमध्ये सबैभन्दा धेरै कृषि उद्योगहरु छन् । त्यस्तै पर्यटनमूलक र सेवामूलक उद्योगहरु पनि बढी मात्रामा रहेका छन् ।

नयाँ थपिएका उद्योगसहित जिल्लामा हालसम्म ११ हजार दुई सय ८५ वटा उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख रमेशकुमार कर्माचार्यले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७५/७६ मा उद्योग दर्ता र नविकरणबाट मात्रै चार करोड दुई लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालय चितवनले जनाएको छ ।

सरकारले महिला उद्यमीहरुका लागि दुई सय रुपैयाँ शुल्कमा नै एक करोड रुपैयाँसम्म कूल पूँजी भएको प्राइभेट फर्म दर्ता गर्ने नीति ल्याएपछि जिल्लामा उद्यमीहरु बढेको कार्यालयले जनाएको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...