खुकुरी प्रहारबाट तीनजना गम्भीर घाइते

news

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकास्थित नुवाकोटमा खुकुरी प्रहारबाट तीनजना गम्भीर घाइते भएका छन् ।

सोही नगरपालिकाअन्तर्गतको खमारीबासका २७ वर्षीय चिरन घर्तीले गएराति ससुरालीमा गई श्रीमती, सासु र सालोमाथि खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट चिरनकी १८ वर्षीया श्रीमती गिता ,४३ वर्षिया सासू भूमकला क्षेत्री र ११ वर्षिय सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएको  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि  चितवन पठाइएको छ । खुकुरी प्रहार गरी फरार भएका घर्तीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।   

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...