अमेरिकी दूतावासले फेरि बोलायो सन्दिपलाई

news

काठमाडौं, साउन २८ । क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले फेरि बोलाएको छ । शुरुमा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले सन्दिपलाई फेरि बोलाएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीपलाई शुरुमा भिसा नदिए पनि दूतावासले अहिले फेरि ‘रिभ्यू’का लागि बोलाएको हो ।

नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीका अनुसार दूतावासले बोलाएकाले उनीहरु फेरि दूतावास गएका छन् ।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न अमेरिका हुँदै जानका लागि सन्दिप (आजै) मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावास गएका थिए । तर अधिकारीहरुले उनलाई भिसा दिन अस्वीकार गरेका थिए ।

सबै कागजपत्र समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको सन्दीपले ट्वीट गरेका थिए ।

सेप्टेम्बर पहिलो सातादेखि हुने लिगका लागि सन्दीप सेप्टेम्बर पहिलो साता वेस्ट इन्डिज पुग्ने कार्यक्रम छ । त्यसअघि अमेरिका हुँदै जान उनले भिसा अनुमतिका लागि अप्लाई गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...