‘आतंकवाद अन्त्यका लागि भारतीय कदम’

news

काठमाडौं, साउन २८ । नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले आतंकवाद अन्त्यका लागि भारत सरकारले जम्मु कश्मिरलाई केन्द्र सरकार मातहत ल्याएको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भारतीय जनताको चाहनाअनुसार राजनीतिक स्थायित्व र आतंकवाद अन्त्यका लागि सो कदम चालिएको जिकिर गरे ।

जम्मु कश्मिरका जनताले पनि राजनीतिक स्थायित्व र आर्थिक विकास चाहेको भन्दै राजदूत पुरीले जनताबाट बहुमतप्राप्त सरकार आगामी दिनमा पनि सशक्त कदम चाल्न तयार रहेको बताए ।

उनले नेपाल र भारतबीचको सम्बन्ध दुवै पक्षको जित हुने सिद्धान्तमा आधारित रही अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता, सासंदलगायतका प्रजातान्त्रिक र उदारवादी खेमाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...