समाजवादी अर्थनीतिले विकास हुँदैन, विदेशी लगानी आउँदैन : राप्रपा संयुक्त

news

काठमाडौं, साउन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले समाजवादी अर्थनीतिले देशको विकास नहुने र विदेशी लगानीकर्ता पनि नआउने जनाएको छ ।

पार्टीसम्बद्ध स्वतन्त्र बुद्धिजीवी मञ्चले मंगलबार राजधानीमा गरेको कार्यक्रममा पार्टीले उदारवादी अर्थ व्यवस्था हुनुपर्ने नीति लिएको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका उपप्राध्यापक हेमराज कार्कीले उदारवादी अर्थ व्यवस्थाले नै युरोप, चीनले उच्च विकास गरेको र जनताको आयस्तर बढेको दाबी गरे ।

कार्यक्रममा सहभागीले अर्थ व्यवस्था जे भएपनि देश विकास र नागरिकको जीवनस्तर उकासिनुपर्ने बताएका थिए ।

राप्रपा संयुक्तले नेपालको विकास र समृद्धिका लागि समाजवादी अर्थनीति संविधानबाट हटाउनुपर्ने जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...