चन्द्रागिरि नगरपालिकामा ‘डिजिटल पार्क’ बन्ने

news

काठमाडौं, साउन ३० । चन्द्रागिरि नगरपालिकामा डिजिटल पार्क बन्ने भएको छ ।

काठमाडौं महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको संयुक्त लगानीमा चन्द्रागिरि नगरपालिका वडा नम्बर–१३ मा बन्ने उक्त पार्कबाट काठमाडौं उपत्यका पूरै देख्न सकिने जनाइएको छ ।

पार्क निमार्णकार्यको बिहीबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले संयुक्तरुपमा शिलान्यास गरे ।

कार्यक्रममा बोल्दै काठमाडौंका मेयर शाक्यले आसपासका नगरपालिकाहरुसँग सहकार्य नगरी महानगरलाई सुन्दर बनाउन सम्भव नहुने भन्दै महानगरले सबै नगरपालिकासँग समन्वय गरेर काम गर्ने बताए ।

कार्यक्रममा सत्तारुढ दल नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले सार्वजनिक सम्पत्तिको संरक्षण अपरिहार्य रहेको बताए ।

यस्तै, चन्द्रागिरि नगरपालिकाका मेयर गिरीले दैनिक दुई लाख मानिस चन्द्रागिरि भएर आवातजावत गर्ने भन्दै नगरपालिकालाई धार्मिक, सांस्कृतिक र पर्यटकीय ‘हब’कारुपमा विकास गरिने बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...