रवि लामिछानेका समर्थकद्वारा चितवनमा नाराबाजी (भिडियो)

news

चितवन, साउन ३१ । प्रहरीले पक्राउ गरेका संचारकर्मी रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

लामिछानेसँगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी बिहीबार राति चितवन ल्याएको थियो । कडा सुरक्षाकाबीच उनीहरुलाई मध्यरात १ बजे चितवन पुर्‍याइएको हो । 

उनीहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी घटनामा मुछिएका उनीहरुलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

प्रहरी हिरासतमा उनीहरुलाई कार्यालयमा उपलब्ध स्रोत साधन दिएर राखेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

उनीहरुलाई आजै जिल्ला अदालतबाट म्याद थप गरी ल्याएपछि अनुसन्धान सुरु गरिने उनले जानकारी दिए ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...