रवि लामिछानेका समर्थकद्वारा प्रहरीको गाडीमा तोडफोड, अश्रुग्यास प्रहार

news

चितवन, साउन ३२ । सन्चारकर्मी रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका उनका समर्थकहरुले प्रहरीको गाडीमा तोडफोड गरेका छन् ।

शनिबार जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शनकारीहरुले प्रहरीको ना१झ १२७१ नम्बरको गाडीको सिसामा ढुंगा प्रहार गरेका हुन् ।

उनीहरुलाई तितरवितर पार्न प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको थियो ।

पत्रकार शालिकराम पुडासैनीको मृत्युको प्रकरणमा प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएदेखि नै उनका सर्मथकहरु विरोधमा उत्रिएका छन् ।

शुक्रबार चितवन जिल्ला अदालतले घटनाको अनुसन्धानका लागि लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

त्यसलगत्तै थप आक्रोशित बनेका उनका सर्मथकहरुले शनिबार पनि विरोधसहित नाराबाजी गरेका छन् ।

‘छाया सरकार’का गृहमन्त्रीले भेटे

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा ‘छाया सरकार’का गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले चितवन आएर लामिछानेलाई भेटेका छन् ।

उनले आफूले प्रमुख जिल्ला अधिकारी र चितवन प्रहरी प्रमुखसँग भेट गरेर घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेको बताएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...