कृषिमन्त्री अर्याललाई गृहजिल्लामा कालोझण्डा • Image Khabar Image Khabar


कृषिमन्त्री अर्याललाई गृहजिल्लामा कालोझण्डा


Imagekhabar
२५ पुष २०७७, शनिबार १८:३७

कृषिमन्त्री अर्याललाई गृहजिल्लामा कालोझण्डा

स्याङ्जा । कृषिमन्त्री पद्मा कुमारी अर्याललाई गृहजिल्ला स्याङ्जामा नेपाली कांग्रेसका कार्यकर्ताहरूले कालोझण्डा देखाएका छन् ।

नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृह जिल्ला आउनुभएकी मन्त्री अर्याललाई नेपाल तरुण दल तथा नेपाल विद्यार्थी संघले कालोझण्डा देखाउँदै विरोध जनाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले स्याङ्जामा पनि विरोधका कार्यक्रम गरिरहेको थियो ।

स्याङ्जाको वालिङमा प्रदेश स्तरीय विरोध कार्यक्रमकै क्रममा मन्त्रीलाई कालो झण्ड देखाइएको तरुण दल वालिङ नगर सभापति आशीषप्रताप खाँणले बताउनुभयो ।

कालो झण्डा देखाउने तरुण दल तथा नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्